पोखरामा ठूलो परिमाणमा अवैध सुन र चाँदीसहित ११ जना पक्राउ
२०८२ श्रावण २४ शनिवार
- जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ ।
पोखरा, २४ श्रावण । जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई शनिबार सार्वजनिक गरिएको छ । उनीहरुको साथबाट पाँच लाख १४ हजार छ सय ६५ रुपैयाँ नगदसमेत बरामद भएको छ ।
अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचना पोखरा महानगरपालिका वडा नं २, ३, ४ र ९ का विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कलकत्ताका ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षका सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा, ४९ वर्षीय प्रोभास माझी छन् ।
उनीहरुबाट सुन पाँच सय ४९ तोला ४० लाल, चाँदी चार सय ४४ तोला ७३ दशमलव९ लाल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ११ जनालाई बरामद सुन, चाँदी र नगदसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि पनि पटकपटक अवैध सुनचाँदीसहित भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’